कोरोनाले पनि रोकेन सिद्धार्थ इन्स्योरेन्सलाई नाफा आर्जनमा, २२ % ले बढ्यो



काठमाडौं । गत वर्ष सिद्धार्थ इन्स्योरेन्सको नाफा २२.६७ प्रतिशतले बढेर ३० करोड २ लाख २० हजार रुपैयाँमा पुगेको छ । गत वर्ष २४ करोड ४७ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ८४ करोड २५ लाख ९७ हजार रुपैयाँबाट घटेर ८० करोड ७५ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको कुल दाबी भुक्तानी ९२ करोड ४१ लाख ९१ हजार रुपैयाँ रहेको छ भने दाबी भुक्तानी हुन बाँकी रहेको रकम ६९ करोड ८ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड १३ लाख ५१ हजार रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा ९ करोड ४८ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोनाको असर नेपालमा पनि रहेको छ । त्यो बेलामा पनि इन्स्योरेन्सको नाफामा भने सुधार नै देखिएको छ । नाफा आर्जनमा इन्स्योेरेन्सलाई कोरोनाले अवरोध नगरेको विवतरणले देखाएको छ ।


क्लिकमान्डु