प्रभु इन्स्योरेन्सको नाफा बढ्यो
काठमाडौं । गत वर्ष प्रभु इन्स्योरेन्सको नाफा १.५० प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष २५ करोड ११ लाख ४७ हजार रुपैयाँ रहेकोमा गत वर्ष २५ करोड ४० लाख ३७ हजार रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ५० करोड ९३ लाख रुपैयाँबाट घटेर ४९ करोड ११ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको कुल दाबी भुक्तानी २६ करोड ९४ लाख ८३ हजार रुपैयाँ रहेको छ भने दाबी भुक्तानी हुन बाँकी रहेको रकम २० करोड ५२ लाख ५० हजार रुपैयाँ रहेको छ ।
१ अर्ब ५ करोड ६२ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २१ करोड ८६ लाख ६ हजार रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा ९ करोड ७६ लाख ४१ हजार रुपैयाँ रहेको छ ।
२४ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको इन्स्योरेन्सको १९७ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको छ ।