शिखर इन्स्योरेन्सको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी ४२ रुपैयाँ
काठमाडौं । गत वर्ष शिखर इन्स्योरेन्सको नाफा ६.३९ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष ४२ करोड ३१ लाख ३६ हजार १५८ रुपैयाँ रहेकोमा गत वर्ष ४५ करोड १ लाख ८४ हजार ६४३ रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १ अर्ब २८ करोड ६१ लाख ८९ हजार ५५२ रुपैयाँबाट घटेर १ अर्ब १८ करोड ५४ लाख ६८ हजार ५७१ रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको कुल दाबी भुक्तानी १ अर्ब ६७ करोड १८ लाख ७२ हजार ४५६ रुपैयाँ रहेको छ भने दाबी भुक्तानी हुन बाँकी रहेको रकम ८० करोड ४७ लाख ९१ हजार २३४ रुपैयाँ रहेको छ ।
१ अर्ब ५ करोड ७३ लाख १० हजार ६ सय रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ८३ करोड ६३ लाख ३६ हजार ४५९ रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा ९ करोड ४३ लाख ४३ हजार ९९६ रुपैयाँ रहेको छ ।
४२ रुपैयाँ ५८ पैसा प्रतिसेयर आम्दानी रहेको इन्स्योरेन्सको २८८ रुपैयाँ ०२ पैसा प्रतिसेयर नेटवर्थ रहेको छ ।