नेपाल चार्टड एकाउन्टेन्ट संघ र माछापुच्छ्रे बैंकबीच बिशेष बैंकिङ सेवासहित बिनाधितो प्रोफेश्नल कर्जाका लागि सम्झौता
काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) र माछापुच्छ्रे बैंकबीच एक्यानमा आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
द्विपक्षीय समझदारीपत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १५९ शाखाबाटबिना धितोमा १५ लाख रुपैयाँसम्मको प्रोफेश्नल कर्जा (ब्याज दर ९.७५ प्रतिशत) प्रदान गरिनेछ ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एकमात्र पेशागत संघ हो । यसको मुख्य उद्देश्य देशमा लेखाब्यवसायको संरक्षण एवम् सम्र्वदन गरी सुब्यवस्थित एवम् सुचारु रुपले लेखा ब्यबसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो ।
सम्झौतापत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्ले माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।
अहिलेको महामारीबाट उत्पन्न हुने शिथिलताबाट वित्तीय क्षेत्रको उत्थानशीलता कायम गर्न र व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने बास्तबिकतालाइ मनन गर्दै चार्टर्ड एकाउन्टेन्टको सहजता लागि विभिन्न बैंक तथा बित्तिय संस्थासँग समेत समझदारीको लागि छलफल भैरहेको संघका उपाध्यक्ष सीए रमेश धितालले जानकारी दिए ।
लेखा परीक्षण पेशा हाल अधिकतम प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको र स्रोतको व्यवस्थापन असाध्यै जटिल रहेको सन्दर्भमा यस्ता समझदारीले सदस्यको मनोबलसमेत बढाउने संघका अध्यक्ष आनन्द राज शर्मा वाग्लेले बताए ।
साथै संघले गरेको सर्वेको प्रतिबेदनअनुसार सदस्यहरुको हितकालागि संघले कार्यहरु गरिरहेको समेत वाग्लेले बताए ।
सम्झौतापछि संघका लगभग २४०० सदस्यहरुलाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैंकिङ सेवा प्रदान गर्नेछ । सम्झौता पछि माछापुच्छ्रे बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुबिधाहमा बिशेष सहुलियत प्रदान गर्नेछ ।