३ दिनभित्र सबै कर्मचारीको कोरोना बीमा गराउन र बिरामी बिदाको तलब नकाट्न बोर्डको निर्देशन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजीबजारसँग सम्बन्धित संस्थालाईआफ्ना संचालक तथा सबै कर्मचारीको ३ दिनभित्र कोरोना बीमा गराउन निर्देशन दिएको छ ।

बोर्डले आइतबार एक परिपत्र जारी गर्दै अनुमति प्राप्त धितोपत्र बजार, क्रेडिट रेटिङ्ग तथा सबै धितोपत्र व्यवसायीहरुलाई ३ दिनभित्र कोरोना बीमा गराई सोको विवरण बोर्डमा पेश गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, सरकारको मापदण्ड बमोजिम कुनै कर्मचारी क्वारेन्टाइन वा आइसोलेशनमा बस्नु परेमा संस्थालाई जानकारी गराई बिदामा बस्न सक्ने व्यवस्था मिलाउन बोर्डले जनाएको छ ।

कोभिडको लक्षण देखिएका बिरामी कर्मचारी बिदामा बस्नु परेमा निजलाई सो अवधिको तलब नकाट्ने गरी बिदा दिने व्यवस्था मिलाउन बोर्डको निर्देशन छ ।


पुष्प दुलाल