कोरोना कहरः इन्भेष्टमेन्ट बैंकका दीर्घरोगी र गर्भवती महिला कर्मचारलाई २ हप्ता विदा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले कोरोनाको महामारीबाट कर्मचारीलाई जोगाउन सुगर/प्रेसरलगायतका दीर्घरोगी र गर्भवती महिलालाई २ हप्ता विदा दिएको छ ।
सोमबारदेखि लागू हुनेगरी दीर्घरोगी र गर्भवती महिलालाई २ हप्ताका लागि विदा दिइएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले जानकारी दिए ।
त्यसैगरी, उपत्यकाका शाखाहरु पालैपालो खोल्ने पनि उनले जानकारी दिए ।
‘कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेपछि हामीले उच्च सतर्कता अपनाएका छौं,’ पाण्डेले क्लिकमाण्डूसँग भने, ‘दीर्घरोगी र गर्भवती महिलालाई २ हप्तासम्म हाजिर गरेर घर जाने व्यवस्था मिलाएका छौं । साथै शाखाहरु पनि पालैपालो खोल्ने छौं ।’
त्यसैगरी, साढे ९ देखि साढे ५ बजेसम्म रहेको कार्यालय समयलाई बढाएर बिहान ९ बजेदेखि साँझ साढे ६ बजेसम्म बनाइएको उनले जानकारी दिए ।