कालिमाटी प्रहरी वृत्तका एक थुनुवालाई कोरोना पोजिटिभ
काठमाडौं । कालिमाटी प्रहरी वृत्तका एक थुनुवालाई कोरोना संक्रमण पोजिटिभ देखिएको छ । कालिमाटी प्रहरी स्रोतका अनुसार ६ दिन अगाडि पक्राउ गरेका थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
‘अनलाइनबाट तास खोलाउने गरेको आरोपमा उनलाई प्रहरीले ६ दिन अगाडि पक्राउ गरेको थियो, त्यसपछि पीसीआर परीक्षणका लागि पठाइएको थियो, ६ जनाको स्वाव पठाइएकोमा एकजना थुनुवाको रिपोर्ट पोजिटिभ आएको छ,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार ५५ वर्षे पुरुष थुनुवासँगै अहिले १२ जना थुनुवा छन् ।
यसअघि कालिमाटी वृत्तमा कार्यरत २ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि हुँदा वृत्त सिल गरिएको थियो । हाल उक्त वृत्तमा २१४ जना प्रहरी कार्यरत छन् ।