युनाइटेड इन्स्याेरेन्सको नाफ ६० % ले बढ्यो, प्रतिसेयर आम्दानी ३ रुपैयाँ
काठमाडौं । युनाइटेड इन्स्याेरेन्सको गत वर्षको नाफामा ६०.४४ प्रतिशतले बढोत्तरी देखिएको छ ।
अघिल्लो वर्ष २ करोड १२ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा गत वर्ष ३ करोड ४१ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
इन्स्योरेन्सले अघिल्लो वर्ष २३ करोड ३ लाख ८२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन रहेकोमा गत वर्ष ३१ करोड ८० लाख २२ हजार रुपैयाँ रहेको छ ।
१ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ७ करोड ५२ लाख ११ हजार रुपैयाँ रहेको छ ।
बीमा कोषमा ३० करोड ८० लाख १ हजार रुपैयाँ रहेको छ भने महाविपत्ती जगेडा कोषमा ६९ लाख १४ हजार रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ५३ पैसा रहेको छ ।