कोरोनाले नाफा कमाउन रोकेन रिलायबललाई, ९ % ले बढ्यो



काठमाडौं । गत वर्ष रिलायबल लाइफ इन्स्यारेन्सको नाफा ९.४१ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष १९ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा गत गत आवमा २१ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै अघिल्लो वर्ष १ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन रहेकोमा गत वर्ष १ अर्ब ३३ करोड ५० लाख रुपैयाँ रहेको छ ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यूनियन लाइफको जगेडा कोषमा ६४ करोड १ लाख रुपैयाँ रहेको छ ।

जीवन बीमा कोषमा १ अर्ब १७ करोड ३ लाख रुपैयाँ रहेको इन्स्यारेन्सको महा विपत्ती जगेडामा ५ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको कारण पनि कम्पनिहरुलाई नाफा आर्जनमा भने अवरोध नभएको देखिएको छ ।


क्लिकमान्डु