कोरोना महामारीमा सहयोग गर्न सदस्यलाई महासंघकाे अपिल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना महामारीमा सहयोग गर्न सबै सदस्यलाई अपिल गरेको छ ।

काठमाडौं उपत्यका, तराईका मोरङ, पर्सा बाँके, धनुषा, स्याङजा लगायतका धेरैवटा जिल्ला र नगरहरू अहिले कोरोनाको उच्च जोखिममा रहेको र अन्य जिल्लाहरू पनि आक्रान्त हुंदै गएको महासंघको भनाइ छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चालेका जतिपनि कार्यक्रम, योजना, घोषणा छन् तिनलाई सफल कार्यान्वयनमा लैजान आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपनै आग्रह गरेको हो ।

मुलुकभरि नै रहेका आफ्नो संजाललाई संक्रमण नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय सरकारले चालेका सबै कार्यक्रमहरूमा परिचालन गर्ने प्रतिवद्धता व्यक्त गर्दै महासंघ आफ्ना सबै सदस्यहरूलाई अहिलेको अति नै संवेदनशील अवस्थामा सरकारको मात्र भर नपरी आ–आफ्ना तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरेको हो ।

संक्रमणबाट जोगिन सरकारले निर्देश गरेका सबै स्वास्थ्य प्रोटोकलहरूलाई पालनगरी आफनो स्वास्थ्यको ख्याल गर्न आम जनसमुदाय समक्ष गम्भीर आग्रह समेत गरेको छ ।


क्लिकमान्डु