उपाय सर्भिसेस र कामना सेवा विकास बैंकबीच सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेड बीच व्यवसायिक परामर्श सम्बन्धी सहकार्य भएको छ । उपाय सर्भिसेज लिमिटेड कानून, वित्तीय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरुद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो ।

यस अन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनीे खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित सेवा, भु(सेवाले प्रदान गर्ने सेवा लगायतका विविध सेवाहरु प्रदान गर्ने गर्दछ ।

यसका साथै बैंकका कर्मचारीहरुको विश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम र प्रशिक्षणहरु दिने सम्बन्धी समेत सम्झौता भएको छ ।

सो सहमति अनुरूप कामना सेवा विकास बैंक लिमिटेड र उपाय सर्भिसेज लिमिटेडबीच बैंकका ऋणीहरुले (विशेषगरी साना तथा मझौला) उपायबाट लिने सेवाहरुमा विशेष छुट सहित सहज रुपमा द्रुत सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका सिइओ प्रविन सुवेदी र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरे ।


पुष्प दुलाल