सूर्या लाइफको नाफा ३० प्रतिशत बढ्यो



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले गत वर्षमा २६ करोड २७ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो वर्षको तुलनामा २५.९७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सूर्याले २० करोड ८६ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा इन्स्यारेन्सको खुद बीमा शुल्क आर्जन २ अर्ब ८४ करोड ५५ लाख ८८ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २ अर्ब ४८ करोड ८९ लाख ८ हजार रुपैयाँ रहेको छ ।

२ अर्ब १५ करोड ५१ लाख ३८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६६ करोड ८७ लाख ३५ हजार रुपैयाँ रहेको छ । यस्तै जीवन बीमा कोषमा ७ अर्ब ४२ करोड ७५ लाख २२ हजार रुपैयाँ रहेको छ भने महाविपत्ती जगेडा कोषमा १० करोड ९२ लाख ९७ लाख रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी १२ रुपैयाँ १९ पैसा रहेको इन्स्यारेन्सको १२८ रुपैयाँ ०७ पैसा प्रति सेयर नेटवर्थ रहेको छ ।


क्लिकमान्डु