कोरोना नियन्त्रणका लागि प्रभु बैंकले सरकारलाई फेरि दियो १ करोड ३९ लाख

क्लिकमान्डु २०७७ साउन ३० गते १३:४२ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि प्रभु बैंकले सरकारलाई १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त रकम बराबरको हस्तान्तरण गरेको हो।

बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

मौद्रिक नीति, २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप प्रभु बैकले उक्त रकम सहयोग गरेको हो।

यसअघि चैत २० गते पनि बैंकले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको थियो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स