नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५३ करोड, कुल बीमा शुल्क १ खर्ब १९ अर्ब पुग्यो



काठमाडौं । नेपाल लाइभ इन्स्योरेन्स कम्पनीले ५३ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

आघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ५२ करोड ३२ लाख रुपैयाँ खुद नाफामा गत आर्थिक वर्षको असार मसान्तसम्म १.३३ प्रतिशत अर्थात् ७० लाख ९० हजार रुपैयाँ बढाएको हो ।

कम्पनीको नाफा एक्चुरी मूल्यांकन अगाडिको हो । जगेडामा ३ अर्ब ५० करोड रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सो अवधिमा २७ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको २३ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्कमा कम्पनीले गत आवको सोही अवधिमा १३.१७ प्रतिशत थप गरेको हो । कम्पनीको कुल बीमा शुल्क १ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीले ४० हजार २ सय ४३ वटा दाबी वापत ६ अर्ब ६७ करोड रुपैँया भुक्तानी गरेको छ । साथै, १ अर्ब ६१ करोड रुपैँया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ । साथै, कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब १४ करोड रुपैयाँ अभिकर्ता कमिशन वापत वितरण गरेको छ ।

यसैगरी, कम्पनीको चुक्ता पूँजीमा ५ अर्ब ४९ करोड रुपैँया, जगेडा कोषमा ३ अर्ब ५० करोडरुपैयाँ र जीवन बीमा कोष ८७ अर्ब २ करोड रुपैँया छ ।

समीक्ष अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६५ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ७३ रुपैयाँ ९२ पैसा छ ।


क्लिकमान्डु