एनसीसी बैंकको नाफा १०.७४ % ले बढ्यो, लाभांश क्षमता ७.४८ प्रतिशत



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको नाफा १०.७४ प्रतिशतले बढेको छ । गत आवको चौथो त्रैमासमा १ अर्ब २ करोड १२ लाख ३२ हजार २४० रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा १ अर्ब १३ करोड ९ लाख ८४ हजार ८४४ रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ६९ करोड ९९ लाख १७ हजार ९६४ रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफाबाट लाभांश दिन सक्ने क्षेमता ७.४८ प्रतिशत रहेको छ ।

बैंकको नाफाका साथै खुद ब्याज आम्दानीमा सुधार आएको छ । तर सञ्चालन मुनाफामा भने गिरावट आएको छ ।

बैंकले अघिल्लो आवको चौथो त्रैमासमा २ अर्ब ९६ करोड ७६ लाख ४६ हजार ९७८ रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेकोमा गत आवको सोही अवधिमा ३ अर्ब २१ करोड ९२ लाख ७६ हजार ५२४ रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा १ अर्ब ९६ करोड २७ लाख ३० हजार २१७ रुपैयाँबाट घटेर १ अर्ब ७४ करोड २३ लाख ५३ हजार १५८ रुपैयाँ रहेको छ ।

९ अर्ब ३५ करोड ३९ लाख १६ हजार ९४५ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९३ करोड ७८ लाख ४० हजार ७५७ रुपैयाँ रहेको छ ।

७३ अर्ब ७८ करोड ६८ लाख ७८ हजार ६०३ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६५ अर्ब १० करोड ७४ लाख ८९ हजार ३७७ रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.७८ प्रतिशतबाट बढेर २.७९ प्रतिशत पुगेको छ ।

प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ९१ पैसा रहेको छ ।


क्लिकमान्डु