प्राइम बैंकको नाफामा सामान्य सुधार, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफा ४.२७८ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा २ अर्ब १९ करोड ८७ लाख ९२ हजार २४३ रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा २ अर्ब २९ करोड २८ लाख २ हजार ५७६ रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड ५७ लाख १८ हजार ५३२ रुपैयाँ रहेको छ ।

बैंकको नाफा बढ्नुको पछाडी यसको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा देखिएको सुधार रहेको देखिएको छ । बैंकले अघिल्लो आवको चौथो त्रैमासमा ३ अर्ब ५८ करोड ४६ लाख ७ हजार १८७ रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेकोमा गत आवको सोही अवधिमा ४ अर्ब ६१ करोड ७८ लाख १० हजार ७७१ रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफा ३ अर्ब १४ करोड ९५ लाख १५ हजार ७०९ रुपैयाँबाट बढेर ३ अर्ब २७ करोड २ लाख ३३ हजार १९८ रुपैयाँ रहेको छ । १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०४ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७९ करोड ५६ लाख ९३ हजार ६१० रुपैयाँ रहेको छ ।

१ खर्ब १९ अर्ब ४४ करोड १६ लाख १३ हजार ६२३ निक्षेप संकलन गरेको बैंकले १ खर्ब १० अर्ब ४५ करोड ४२ लाख ९५ हजार ५३४ रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा १ प्रतिशतबाट बढेर बढेर १.५४ प्रतिशत पुगेको छ ।

प्रति सेयर आम्दानी १६ रूपैयाँ ३९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ९१ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १५ रुपैयाँ ५५ पैसा रहेको छ भने तरलता अनुपात २४.०४ प्रतिशत रहेको छ ।


क्लिकमान्डु