एकाएक पुनः बढ्यो सुनको मूल्य



काठमाडौं । बुधबार सुन प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा आएको थियो । बिहीबार पुन २ हजार ४ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यो साता नै सुन तोलाको १ लाख भन्दा माथी पुगेको थियो । एका एक तोलामा ६ हजार २ सय रुपैयाँले घटेपनि पुन २ हजार ४ सय रुपैयाँले बढेको छ ।

यस्तै चाँदी भने तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९२ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु