सिटिजन्स बैंकले निक्षेप २५ प्रतिशतले बढायाे, गत वर्ष १ अर्ब ११ करोड नाफा कमायो



काठमाडौं । सिटिजन्स बैंकको खुद नाफा २३.७२ प्रतिशतले घटेको छ । बैंकको अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आव २०७६/७७ मा खुद नाफा ३४ करोड ७१ लाख ७८ हजार रुपैयाँले घटेर १ अर्ब ११ करोड ६० लाख ४० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा बैंकले १ अर्ब ४६ करोड ३२ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणअनुसार बैंकले सो अवधिमा बैंकको वितरण योग्य नाफा ८२ करोड ३९ लाख ९९ हजार रुपैयाँ छ । सो अनुसार बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई ९.०६ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

बैंकले एकवर्षको अवधीमा निक्षेप २५.५३ प्रतिशतले बढाएर ८८ अर्ब ५१ करोड ६२ लाख २८ हजार रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह २५.८३ प्रतिशतले वृद्धि गरेर ७९ अर्ब १६ करोड कर्जा प्रवाह गरेको छ ।

जसवापत बैंकले गत आवमा २ अर्ब ८८ करोड १६ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.१८ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ६८ करोड ८४ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि २६.१२ प्रतिशतले घटेको छ । बैंकको अघिल्लो आवमा १७ रुपैयाँ ४९ पैसा प्रतिसेयर आम्दानी रहेकोमा गत आवमा ४ रुपैयाँ ५७ प्रतिशतले घटेर १२ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

गत आवमा बैंकले खराब कर्जा अनुपात १.४६ प्रतिशत छ । जुन अघिल्लो आवको तुलनामा २९.२० प्रतिशत बढी हो । यस्तै सो अवधिमा बैंकको कष्ट अफ फण्ड ७.१९ प्रतिशत, स्प्रेडरेट ४.२३ प्रतिशत, बेसरेट १०.५२ प्रतिशत र सीसीडी रेसीयो ७६.७९ प्रतिशत कायम गरेको थियो ।


क्लिकमान्डु