कोरोना कहरमा पनि नबिल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४ करोड, यस्ता छन् अरु सूचक



काठमाडौं । कोरोना भाइरसको प्रभावका कारण नविल बैंकको नाफा घटेको छ । गत आर्थिक वर्षमा नविल बैंकको वितरणयोग्य नाफा १८.५५ प्रतिशतले घटेको हो ।

कोरोनाका कारण ०७७ असार मसान्तसम्ममा बैंकको १ अर्ब १५ करोड रुपैयाँ उठ्नुपर्ने किस्ता र ब्याज उठ्न सकेको थिएन । त्यसको प्रत्यक्ष प्रभाव नाफामा परेको हो ।

अघिल्लो आर्थिक वर्ष ३ अर्ब ७३ करोड ५३ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ४ करोड २२ लाख रुपैयाँमा खुम्चिएको हो ।

रकमका हिसाबले अघिल्लो आवको तुलनामा गत आवमा बैंकको वितरणयोग्य नाफा ६९ करोड ३० लाख ९७ हजार रुपैयाँले घटेको हो ।

बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा खुद नाफा पनि १५.८५ प्रतिशतले घटेको छ ।

बैंकले अघिल्लो आवमा ४ अर्ब २३ करोड ९९ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सोको तुलनामा गत आवको सोही अवधिमा बैंकको खुद नाफा ६७ करोड २१ लाख ८१ हजार रुपैयाँले घटेर ३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ ।

यसैगरी बैंकले अघिल्लो आवमा बैंकले १ खर्ब ६२ अर्ब ९५ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ५० करोड २ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

अघिल्लो आवको तुलनामा निक्षेप संकलन १७.०९ प्रतिशतले बढाएर १ खर्ब ९० अर्ब ८० करोड ६४ लाख ७० हजार रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह १६.२५ प्रतिशतले वृद्धि गरी १ खर्ब ४८ अर्ब २३ करोड १३ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ ।

बैंकले गत आवमा ७ अर्ब २ करोड २ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.९४ प्रतिशत कम हो । अघिल्लो आवमा बैंकले ७ अर्ब १५ करोड ९२ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि २६.३५ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ५० रुपैयाँ ५७ पैसा प्रतिसेयर आम्दानी रहेकोमा गत आवमा २६ रुपैयाँ ३५ प्रतिशतले घटेर ३७ रुपैयाँ २४ पैसा कायम भएको छ ।

गत आर्थिक वर्ष बैंकको खराब कर्जा अनुपात ०.९७ प्रतिशत, कष्ट अफ फण्ड ५.४९ प्रतिशत, स्प्रेड रेट ३.७३ प्रतिशत, बेसरेट ७.३२ प्रतिशत र सीसीडी रेसीयो ६८.०८ प्रतिशत कायम गरेको छ ।

जबकी अघिल्लो आर्थिक वर्षमा खराब कर्जा अनुपात ०.७४ प्रतिशत, कष्ट अफ फण्ड ६.१३ प्रतिशत, स्प्रेड रेट ४.४३ प्रतिशत, बेसरेट ८.०८ प्रतिशत र सीसीडी रेसीयो ७२.९० प्रतिशत कायम गरेको थियो ।


क्लिकमान्डु