राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण



काठमाडौं । नेपाल राष्ट्र बैंक बालुवाटारका कार्यरत एक जना कर्मचारीमा कोरोना पुष्टी भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक जना सहायक निर्देशलाई कोरोना भाइरस पुष्टी भएको हो ।

उनी एक साताअघिबाट घर बिदामा बसेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । उनी घरायसी कामले बिदा बसेको भएपनि उनी कार्यरत फाँट भने सिल गरिएको ती मुद्रा विभागका ती अधिकारीले जानकारी दिए ।

‘उहाँले स्वास्थ्यमा समस्या देखिएर व्यक्तिगत रुपमा परिक्षण गराउनु भएको रहेछ,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘अहिले उहाँ नजिकका व्यक्ति र उहाँ कार्यरत फाँटमा कार्यरत व्यक्तिको परिक्षण गर्ने स्वाव संकलन भइसक्यो ।’

त्यसपछि आवश्यकताअनुसार अन्य कर्मचारीको पनि कोरोना परिक्षण गर्ने र सो रिपोर्टको आधारमा राष्ट्र बैंक बालुवाटार नै सिट हुनसक्ने बताइएको छ ।

यसअघि राष्ट्र बैंक विरगञ्ज कार्यालयका २ जना कर्मचारीमा कोराना पुष्टी भइसकेको छ ।


क्लिकमान्डु