बीमा कम्पनीमा ५० प्रतिशत कर्मचारीबाट काम गराउन बीमा समितिको निर्देशन



काठमाडौं । उपत्यकामा कोरोनाको त्रास बढेसँगै बीमा समितिले बीमा कम्पनीहरुलाई ५० प्रतिशत कर्मचारीबाट काम गर्न निर्देशन दिएको छ ।

बुधबार निर्देशन जारी गर्दै समितिले साउन २६ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार बीमकका कर्मचारीहरुको एकै पटक कार्यालय आवत जावत र कार्य सम्पादन गर्दा कोरोनाको संक्रमण बढ्ने देखिएको जनाएको छ।

त्यसैले गर्दा कोरोनाको सजगता अपनाउन कर्मचारीहरुलाई आलोपालो गरी बढीमा ५० प्रतिशत कर्मचारीबाट कार्य सम्पादन गर्न भनेको छ ।

यस्तै सवारी साधनमा जोर विजोर प्रणाली अपनाई कार्यालय सञ्चालन गर्न तथा कर्मचारी व्यवस्थापन गर्न निर्देशन जारी गरेको छ ।


क्लिकमान्डु