पत्रकार बलराम बानियाँको शव मकवानपुरमा भेटियो



काठमाडाैं । पत्रकार बलराम बानियाँको शव मकवानपुरको सेस्नेरीस्थित बागमती किनारमा भेटिउको छ । तीन दिनदेखि बेपत्ता भएका बानियाँको शव बुधबार प्रहरीले भेट्टयाएको हो ।

अहिले उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ । पछिल्लो पटक उनी सोमबार बल्खु चोकमा देखिएका थिए ।

तनहुँ स्थायी घर भएका बानियाँ २ दशकदेखि कान्तिपुर दैनिकमा कार्यरत थिए । उनले विशेष गरी सुशासन र खोजी पत्रकारितामा कलम चलाउँथे ।


क्लिकमान्डु