सानिमा लाइफको नाफामा गिरावट, खुद बीमा शुल्क आर्जन बढ्यो



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा सानिमा लाइफ इन्स्यारेन्सको नाफामा ४.७१ प्रतिशतको गिरावट आएको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा ८ करोड ९१ लाख ७ हजार ९१९ रुपैयाँ नाफा आर्जन गरेको सानिमाका गत आवको सोही अवधिमा ८ करोड ५३ लाख ८४ हजार ३७४ रुपैयाँ रहेको छ ।

यो अवधिमा इन्स्यारेन्सको खुद बिमा शुल्क आर्जन बढेर ८२ करोड ९३ लाख १३ हजार ८५ रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ४१ करोड ७९ लाख ३७ हजार ९०७ रुपैयाँ रहेको थियो ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १२ करोड २० लाख ३ हजार ९७६ रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको जीवन बीमा कोषमा ९५ करोड ८ लाख ८४ हजार ३१० रुपैयाँ रहेको छ । यता महाविपत्ति जगेडा कोषमा १ करोड ३४ लाख ३१ हजार ६८६ रुपैयाँ छुट्याएको छ ।


क्लिकमान्डु