चौरजहारी घटनामा ज्यान गुमाउनेका परिवारलाई सरकारले १० लाख दिने



काठमाडौं । सरकारले रुकुमको चौरजहारी घटनामा ज्यान गुमाएका सदस्यका परिवारलाई प्रतिसदस्य १० लाखका दरले प्रदान गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् ।

उक्त घटनामा ६ जनाले ज्यान गुमाएका थिए । घटनामा नवराज बिक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम नेपालीले ज्यान गुमाएका थिए । त्यस्तै त्यसै घटनामा घाइतेको सरकारले निशुल्क उपचार गर्ने भएको छ ।

रुकुम चौरजहारीको सोती गाउँमा जेठ १० गते मल्ल थरकी प्रेमीकालाई भगाएर ल्याउन १९ जना साथी लिएर नवराज विक केटीको घरमा पुगेपछि उनीहरुमाथि लखेटी लेखटी आक्रमण भएको थियो । आक्रमणमा ६ जनाले ज्यान गुमाएका थिए ।


क्लिकमान्डु