बैंक तथा वित्तीय संस्थाले आधा कर्मचारीबाट सिफ्टमा सेवा प्रवाह गर्न सरकारको निर्देशन
काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई आधा कर्मचारीबाट मात्र कार्यालय सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै यस्तो बताएका हुन् ।
उनले कोरोना संक्रमण दिनहुँ बढी रहेको भन्दै सक्रमणको जोखिम न्यून गर्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाले ५० प्रतिशत कर्मचारीबाट कार्यसम्पादन गर्ने व्यवस्था गर्नु पर्ने बताएका छन् । ५० प्रतिशत कर्मचारीलाई पनि सिफ्टमा काम गर्ने व्यवस्था मिलाउनु पर्ने उनले बताए ।
बाँकी कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था मिलाउनु पर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।
उनले जनतासँग प्रत्यक्ष रुपमा सेवा प्रवाह गर्ने संघ संस्थाहरुले अनलाइनका माध्यमबाट वित्तीय सेवा प्रवाह गर्ने निर्देशन दिएका छन् ।