नाफा आर्जनमा कोरोनाले रोकेन एभरेष्ट इन्स्योरेन्सलाई, ३८१ % ले बढ्यो



काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको तुलनामा इन्स्यारेन्सको नाफा ३८१.५२ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो त्रैमासमा एन्स्यारेन्सको नाफा ४ करोड १ लाख १० हजार रुपैयाँ रहेको थियो ।

इन्स्योरेन्सले यो अवधिमा ४० करोड ८५ लाख ९५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस्तै पुनर्बीमा कमिशनबाट ११ करोड ६० लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ ।

१ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २७ करोड ४५ लाख ७४ हजार रुपैयाँ रहेको छ भने बीमा कोषमा ३२ करोड ६७ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६२ पैसा रहेको इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ १५५ रुपैयाँ रहेको छ ।

विश्वभर फैलिएको कोरोनाको असर नेपालमा पनि परेको छ । यता इन्स्यारेन्सले भने कोरोनाको कहरको बीचमा पनि आफ्नो नाफामा उल्लेख्य सुधार गरेको देखिएको छ ।


क्लिकमान्डु