सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो



काठमाडौं । सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । आइतबार एक लाख २ हजार ४ सय रुपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।

आज (सोमबार) छापावाला सुनको प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य १ लाख १ हजार ९ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।


क्लिकमान्डु