एनएलजी इन्स्यारेन्सले ७ प्रतिशत बोनस दिने



काठमाडौं । एनएलजी इन्स्यारेन्सले सेयर लगानीकर्तालाई ७ प्रतिशत बोनस दिने भएको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट उक्त लाभांश दिने भएको हो ।

आव २०७५/०७६ को संचित मुनाफाबाट हाल कामय भएको (हकप्रद सेयर बिक्री नभई बाँकी भएको सेयर लिलाम बढाबल प्रकृयामा रहेको समेत) चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार को ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५ सय रुपैयाँ बोनसको लागि छुट्याएको छ ।

यस्तै इन्स्यारेन्सले कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।


क्लिकमान्डु