प्राइम लाइफको नाफा घट्यो, खुद बीमा शुल्क आर्जनमा सुधार



काठमाडौं । प्राइम लाइफ इन्स्यारेन्सको नाफा ४.६४ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा २९ करोड ८५ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ३ अर्ब २६ करोड २५ लाख ९८ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८६ करोड ७४ लाख ३ हजार रुपैयाँ रहेको छ । यो अवधिमा खुद बीमा शुल्क आर्जनमा भने सुधार देखिएको छ ।

२ अर्ब २५ करोड ८९ लाख ३२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ८८ करोड ९८ लाख २३ हजार रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ११ अर्ब ४७ करोड ६६ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी १३ रुपैयाँ २२ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ५६ पैसा रहेको छ ।


क्लिकमान्डु