कोरोना कहरमा पनि सिटिजन लाइफ इन्स्यारेन्सको नाफामा सुधार, ३० % ले बढ्यो



काठमाडौं । सिटिजन लाइफ इन्स्यारेन्सको नाफा ३०.६७ प्रतिशतले बढेर २० करोड ७ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा जम्मा १५ करोड ३६ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १ अर्ब ९२ करोड ५७ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ४९ करोड ६१ लाख ७७ हजार रहेको छ भने जीवन बीमा कोषमा १ अर्ब ६७ करोड ८८ लाख १७ हजार रुपैयाँ रहेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोनाको असर नेपालमा पनि रहेको छ । कोरोनाको महामारीको समयमा पनि इन्स्यारेन्सको नाफामा भने सुधार नै देखिएको छ ।


क्लिकमान्डु