लकडाउन अबधिको बीमा प्रिमियम नविकरणमा ३३ प्रतिशत छुट दिने



काठमाडौं । सरकारले लकडाउन अवधिमा बन्द रहेका उद्योगी व्यवसायलाई बीमाको प्रिमियम नविकरणमा ३३ प्रतिशत छुट दिने भएको छ ।

शुक्रबार बीमा समितिमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल विमक संघबीच भएको छलफलमा व्यवसायीलाई पोलिसी नविकरणमा छुट दिने निर्णय भएको हो ।

बीमा समितिले लकडाउनको अबधिमा संचालनमा नआएका उद्योगी व्यवसायीले बीमाको प्रिमियममा छुट दिने र सञ्चालनमा आएकालाई भने छुट नदिने निर्णय भएको समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए । उनका अुनसार यो छुट सञ्चालनमा नआएका उद्योगी व्यवसायीले मात्रै पाउने छन् ।

कस्ता प्रकृतिका उद्योगलाई कति समयसम्म छुट दिने भन्ने सूची नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले तयार पार्ने छ । त्यसको आधारमा छुट दिइने छ ।


क्लिकमान्डु