रिलायन्स लाइफको नाफा ४८ % ले बढ्यो



काठमाडौं । रिलायन्स लाइफ इन्स्यारेन्सले आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा इन्स्यारेन्सले ४ करोड ३३ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.४५ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा २ करोड ९२ लाख १९ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा इन्स्यारेन्सले १ अर्ब ३६ करोड ८९ लाख ६१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । १ अर्ब ४७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १४ करोड ३२ लाख ७८ हजार रुपैयाँ रहेको छ । यस्तै महाविपत्ति जगेडा कोषमा १ करोड ५९ लाख २० हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु