एनसीसीको सीईओमा रमेश अर्याल पुनः नियुक्त



काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेश अर्यात पुनः नियुक्त भएका छन् । बैंकको ८०२औं सञ्चालक समितिको बैठकले अर्याललाई आगामी ४ वर्षको लागि पुनः नियुक्त गरेको हो ।

सञ्चालक समितिले उनलाई साउन १९ गते नै पुनः नियुक्त गर्ने निर्णय गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार जानकारी पत्र पठाएको छ ।

बैंकमा उनको यो दोस्रो कार्यकाल असोज १ गतेबाट लागू हुने बैंकले जनाएको छ । अर्यालसँग ३० वर्ष लामो बैंकिङ अनुभव छ ।


क्लिकमान्डु