सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढ्यो
काठमाडौं । सुनको मूल्य दिनहुँ हजार रुपैयाँ बढीले वृद्धि भइरहेको छ । मंगलबारको मूल्यबाट बुधबार छापावाल सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर लाख रुपैयाँ कटेको थियो ।
बिहीबारपनि सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेर १ लाख २५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०४४.३४ डरल पुगेको छ ।