नेप्सेको विश्वस्तरीय अनलाइनमा समस्या, वेबसाइटको डाटालाई आधार मान्दा लगानीकर्ता ठगिए



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को स्वघोषित विश्वस्तरीय अनलाइन प्रणालीमा समस्या देखिएको छ । नेप्सेको सिस्टममा समस्या देखिँदा लगानीकर्ता अन्योलतमा परेका छन् । जसका कारण लगानीकर्ताले आफ्नो सम्पत्ति समेत गुमाउनु परेको छ ।

नेप्सेमा दुई प्रकारको घटबढ देखिएको छ । यो समाचार तयार पार्दासम्म नेप्सेको वेबसाइटमा उल्लेख भए अनुसार नेप्से सूचक १६.६२ अंकले घटेको छ । तर लगानीकर्ताहरुले चलाइरहेका टीएसएममा भने बजार ०.५६ अंकले मात्रै घटेको छ ।

जो लगानीकर्ताले टीएमएस नलिइ वेबसाइटलाई आधार भनेर सेयर कारोबार गरेका छन् उनीहरुले हेर्दा बजार धेरै नै घटेको देखिएको छ । तर टीएमएस चलाउनेहरुले मात्रै बजारको वास्तविक अंक थाहा पाएका छन् ।

नेप्सेले बधुबार लगानीकर्तालाई २ प्रकारको सूचना दिइरहेको छ । साथै लगानीकर्ताको सम्पत्तिमा मनोमानी समेत गरिरहेको छ । यता नेप्सेले टिएमएसको कारोबारलाई नै वास्तविक अंक मान्ने भनेको छ ।

अनलाइनबाट कारोबार रकम बढी भएका बेला नेप्सेका सीइओ चन्द्रसिंह साउदले बाँडेको लड्डु

यता नेप्सेले एउटा सूचना जारी गर्दै कारोबारको समयमा सूचकांक गणनामा केही समस्या देखिएको जनाएको छ । नेप्सेको साइटमा देखिएको कारोबारलाई वास्तविक मान्न नसकिने भन्दै अन्तिम समयमा मात्रै वास्तविक कारोबार देखिने नेप्सेको तर्क छ ।

केही समयअघि नेप्सेसँगै कारोबार रकममा पनि भारी वृद्धि भएको समयमा नेप्सेका सीइओले अनलाइन प्रणाली प्रभावकारी भएको भन्दै कार्यालयमा लड्डु नै बाँडेको थिए । त्यही स्वघोषित अनलाइन प्रणालीमा बुधबार बिहानैदेखि समस्या देखिएको छ ।

बुधबार अनलाइन र टीएमएसमा देखिएको समस्याका कारण कारोबार पनि ४५ मिनेटपछि मात्रै भएको थियो । अझै सम्म पनि समस्या समाधान नभएको देखिएको छ ।


क्लिकमान्डु