एशियन लाइफको सिइओबाट श्रेष्ठ बाहिरिए, निमित्तको जिम्मेवारी होम बहादुरलाई

क्लिकमान्डु २०७७ साउन २१ गते १३:२१ मा प्रकाशित

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)बाट राजेश कुमार श्रेष्ठ बाहिरिएका छन् ।

उनको २ वर्षको कार्यकाल पुरा भएसँगै इन्स्योरेन्सबाट बाहिरीएका हुन ।
साउन २० गते बसेको इन्स्यारेन्सको १५१ औं बैठकको निर्णयले श्रेष्ठको राजीनामा स्विकृत गरेको हो ।

श्रेष्ठको कार्यकाल सकिएसँगै अर्को व्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठलाई निमित्त सिइओको जिम्मेवारी दिएको छ । उनले साउन २१ गते (आजै) देखि कार्यभार सम्हालेका छन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स