कोरोनाकाे शंका लागेका व्यक्तिको १४ अस्पतालमा स्वाव संकलन हुने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त स्थनहरुबाट आएका व्यक्तिको स्वाव संकलन गर्नको लागि उपत्यका भित्र १४ वटा अस्पताललाई तोकेको छ ।

सर्वसारधाणले बिहान ९ देखि १ बजेसम्म गएर तोकिएको अस्पतालमा स्वाब परिक्षण गर्न सक्नेछन् ।

जसमा पाटन, सिभिल, त्रि.वि शिक्षण, टुक, विरेन्द्र, स्टार, नेपाल प्रहरी, भक्तपुर, केएमसी, विर, शसस्त्र प्रहरी बल, प्रसुती, ह्याम्स र नेपाल कोरिया मैत्री अस्पताल रहेका छन् ।

यी अस्पतालमा गएर संकास्पद कोरोना बिरामीको सम्पर्कमा आएका जोखिमयुक्त स्थानबाट आएका मानिसको स्वाव संकलन गरिने छ ।


क्लिकमान्डु