नेपाल पुनर्बीमा कम्पनीको नाफा २.७७ प्रतिशतले बढ्यो



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा कम्पनीले ९१ करोड ६१ लाख ५५ रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा २.७७ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष सोही अवधिमा यसले ८९ करोड १३ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो । यो नाफा जीवन र निर्जीवन दुवैतर्फको हो ।

गत आवको तेस्रो त्रैमासमा निर्जीवनतर्फ ८२ करोड ५० लाख ७७ हजार रुपैयाँ रहेको छ भने जीवन बीमातर्फ ९ करोड १० लाख ७८ हजार रुपैयाँ छ ।

गत आवको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ४ अर्ब ६२ करोड ८४ लाख ५० हजार र जीवन बीमा व्यवसायबाट ३१ करोड २२ लाख ५२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।

सामग्रमा कम्पनीले ४ अर्ब ९४ करोड ७ लाख २ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

अघिल्लो आवको त्यसै अवधिमा निर्जीवन बीमा व्यवसायबाट ३ अर्ब २५ करोड १७ लाख ५३ हजार र जीवन बीमा व्यवसायबाट २९ करोड ७४ लाख ५५ रुपैयाँसहित ३ अर्ब ५४ करोड ९२ लाख ८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३१ करोड २४ लाख ५० हजार रुपैयाँ रहेको छ ।

जसमा निर्जीवन बीमातर्फ २ अर्ब ७९ करोड ६८ लाख १६ हजार रुपैयाँ र जीवन बीमातर्फको जगेडा कोषमा ५१ करोड ५६ लाख ३४ हजार रुपैयाँ छ ।


क्लिकमान्डु