एनआरएन इन्फ्रस्टक्चरको आईपीओमा मागभन्दा तीन गुणा बढी आवेदन



काठमाडौं । एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयरको लागि खुला गरेको आईपीओमा माग भन्दा तेब्बर बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार प्रति कित्ता १०० रुपैयाँ दरले ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणको लागि खुला गरेकोमा १ करोड ३ लाख ४८ हजार ६५० कित्तामा आवेदन परेको छ ।

बिक्री प्रबन्धकका अनुसार साँझ ५ बजेसम्म २ लाख ७४ हजार ५४१ जनाले १ करोड ३ लाख ४८ हजार ६५० कित्तामा आवेदन दिएका हुन् ।

सर्वसाधारणले एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्टको आईपीओमा साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्टको आईपीओमा आवेदन दिन आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखाबाट आवेदन दिन सकिने छ भने मेरोसेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु