एनआरएन इन्फ्रस्टक्चरको आईपीओमा माग भन्दा दोब्बर बढी आवेदन
काठमाडौं । एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयरको लागि खुला गरेको आईपीओमा माग भन्दा दोब्बर बढी आवेदन परेको छ ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार प्रति कित्ता १०० रुपैयाँ दरले ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणको लागि खुला गरेकोमा ७५ लाख ३२ हजार ४८० कित्तामा आवेदन परेको छ ।
बिक्री प्रबन्धकका अनुसार साँझ ५ बजेसम्म १ लाख ९० हजार ७५ जनाले ७५ लाख ३२ हजार ४८० कित्तामा आवेदन परेको हो ।
सर्वसाधारणले एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्टको आईपीओमा साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्टको आईपीओमा आवेदन दिन आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखाबाट आवेदन दिन सकिने छ भने मेरोसेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।