आरएमडीसी लघुवित्तको नाफा १३.३८ % ले घट्यो



काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवतरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार वित्तीय संस्थाले गत आवको चौथो त्रैमासमा २८ करोड ५१ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १३.३८ प्रतिशतले घटी हो । अघिल्लो आवको सोही अवधिमा ३२ करोड ९२ लाख १४ हजार रुपैयाँ रहेको थियो ।

संस्थाको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि गिरावट आएको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा ४८ करोड ५९ लाख ४७ हजार खुद ब्याज आम्दानी गरेको संस्थाले गत आवको सोही अवधिमा ४६ करोड २ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै सञ्चालन मुनाफा पनि ४८ करोड २५ लाख २६ हजारबाट बढेर ४५ करोड २२ लाख २० हजार रुपैयाँमा झरेको छ ।

८९ करोड ९३ लाख २३ हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषमा १ अर्ब ६९ करोड ९९ लाख ६१ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोष निकै बलियो देखिएको छ ।

प्रति सेयर आम्दानी ३१ रुपैयाँ ७१ पैसा रहेको संस्थाको प्रति सेयर नेटवर्थ २८९ रुपैयाँ ०३ पैसा रहेको छ ।


क्लिकमान्डु