साधना लघुवित्तको नाफा १५१.१६ % ले बढ्यो, अन्य सूचक कस्ता ? 



काठमाडौं । साधाना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार वित्तीय संस्थाले गत आवको चौथो त्रैमासमा ४ करोड २ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५१.१६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा १ करोड ६० लाख ४० हजार रुपैयाँ रहेको थियो ।
संस्थाको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार देखिएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ४ करोड ६२ लाख ९३ हजार खुद ब्याज आम्दानी गरेको संस्थाले गत आवको सोही अवधिमा १३ करोड ७३ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ ।
यस्तै सञ्चालन मुनाफा पनि २ करोड ५२ लाख ६९ हजारबाट बढेर ३ करोड ५७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । २१ करोड ७७ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषमा ६ करोड १२ लाख ६८ हजार रुपैयाँ रहेको छ । ४५ करोड ५३ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।
संस्थाको खराब कर्जा ०.१६ प्रतिशतबाट बढेर ०.६८ प्रतिशतमा पुगेको छ ।
प्रति सेयर आम्दानी १८ रुपैयाँ ५० पैसा रहेको संस्थाको प्रति सेयर नेटवर्थ १२८ रुपैयाँ १३ पैसा रहेको छ ।


क्लिकमान्डु