एनआरएन इन्फ्रस्टक्चरको आईपीओमा पहिलो दिन नै लगभग मागेजति आवेदन

क्लिकमान्डु २०७७ साउन १६ गते १७:२२ मा प्रकाशित

काठमाडौं । एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयरको लागि खुला गरेको आईपीओमा पहिलो दिन नै झण्डै माग बमोजीम नै आवेदन परेको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार प्रति कित्ता १०० रुपैयाँ दरले ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणको लागि खुला गरेकोमा २३ लाख ८१ हजार ३८० कित्तामा आवेदन परेको छ ।

बिक्री प्रबन्धकका अनुसार साँझ ४ः३० बजेसम्म ५० हजार १७३ जनाले २३ लाख ८१ हजार ३८० कित्तामा आवेदन परेको हो ।

सर्वसाधारणले एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्टको आईपीओमा साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्टको आईपीओमा आवेदन दिन आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखाबाट आवेदन दिन सकिने छ भने मेरोसेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स