आईपीओ जारी गर्न रिलायन्स लाइफ इन्स्योरेन्सले पायो बोर्डबाट अनुमति



काठमाडौं । धितोपत्र बोर्डबाट रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) जारी गर्न अनुमति भएको छ ।

साधारण जारी गर्न बाँकी रहेका जीवन बीमा कम्पनीमध्ये बोर्डबाट अनुमती पाउने यो पहिलो जीवन बीमा कम्पनी हो ।

रिलायन्स लाइफले प्रति कित्ता एक सय रुपैयाँका दरले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।


क्लिकमान्डु