नेशनल लाइफ इन्स्योरेन्सले ६४ देखि ८५ रूपैयाँसम्म बाेनस दिने



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको बोनस दरमा न्यूनतम ६४ देखि ८५ रुपैयाँसम्म छ ।

नेशनलले सावधिक जीवन बीमालेख अन्तर्गत प्रतिहजार न्यनतम ६४ देखि ८५ रुपैयाँसम्म बोनसदर छ ।

कम्पनीले ५ देखि १४ वर्ष अवधिको बीमालेखका लागि ६४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ६४ रुपैयाँ, २० देखि २५ वर्ष अवधिको बीमालेखका लागि ६५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ८५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सावधिक तथा सामूहिक जीवन बीमालेखको संख्या २ लाख ११ हजार ३६० वटा रहेको छ ।

यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ६३ देखि ६४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । जसमा ५ देखि १४ वर्ष अवधिको बीमालेखका लागि ६३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ६४ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथिको अवधिको बीमालेखको लागि ६४ रुपैयाँ बोनस दर निर्धारण गरेको इन्स्योरेन्सले जनाएको छ । कम्पनीले यसमा ४१ हजार ३१३ वटा बीमालेख जारी गरेको छ ।

यस्तै सावधिक तथा आजीवन जीवन बीमालेखमा प्रतिहजार ६४ देखि ८५ रुपैयाँ बोनसदर कामय गरेको छ । ५ देखि १४ वर्ष अवधिको बीमालेखका लागि ६४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ६४ रुपैयाँ, २० देखि २५ वर्ष अवधिको लागि ६५ रुपैयाँ र २६ वर्ष वा सोभन्दा माथिको बीमालेखमा ८५ रुपैयाँ बोनसदर तोकिएको छ । यसमा ९५ हजार ८ वटा बीमालेख जारी भएको छ ।

नेशनलले बोनस दरको आधारमा बीमा कर्जा पाउने रकम, समर्पण मूल्य, दाबी एंव परिपक्व मूल्य बढ्ने हुँदा बोनस दर बढेपछि बीमितहरु थप लाभान्वित हुने जानकारी गराएको छ ।


क्लिकमान्डु