एशियन लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक, ४२ देखि ८७ रुपैयाँसम्म पाइने



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको बोनसदरमा न्यूनतम ४२ देखि ८७ रुपैयाँसम्म छ ।

एशियन लाइफले सावधिक जीवन बीमालेख अन्तर्गत प्रतिहजार न्यूनतम ४२ देखि ७६ रुपैयाँसम्म बोनसदर तोकेको छ ।

कम्पनीले ० देखि १४ वर्ष अवधिको बीमालेखका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ६५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ७६ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

यस्तै सावधिक (बालबालिका सावधिक जीवन बीमा)लेखमा न्यूनतम ४२ देखि ७६ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । जसमा ० देखि १४ वर्ष अवधिको बीमालेखका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ६५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ७६ रुपैयाँ बोनसदर निर्धारण गरेको इन्स्योरेन्सले जनाएको छ ।

यस्तै सावधिक तथा आजीवन जीवन बीमालेखमा प्रतिहजार ५१ रुपैयाँदेखि ८७ रुपैयाँ बोनसदर कामय गरेको छ । ० देखि १४ वर्ष अवधिको बीमालेखका लागि ५१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ६२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ७२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको बीमालेखमा ८७ रुपैयाँ बोनसदर तोकिएको छ ।

यता अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम प्रतिहजार ४३ देखि ७९ रुपैयाँसम्म बोनसदर तोकिएको छ । १० वर्ष अवधिको बीमालेखमा ४३ रुपैयाँ, १२ वर्ष अवधिको ४८ रुपैयाँ, १५ वर्ष अवधिको लागि ५४ रुपैयाँ, १८ वर्ष अवधिको ६४ रुपैयाँ, २० वर्ष अवधिको ७४ रुपैयाँ र २५ वर्ष अवधिको बीमालेखको लागि ७९ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।


क्लिकमान्डु