एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्टको आईपीओ खुला, कतीसम्म दिने आवेदन ?
काठमाडौं । एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयरको बिक्री खुला भएको छ ।
प्रति कित्ता १०० रुपैयाँ दरमा ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्कासन भएको हो । ३३ लाख ९८ हजार ४६ कित्तामध्ये १ लाख ६९ हजार ९०२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्तामा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले लगानीकर्ताले १६ गते (आज) बाट साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले रहेको छ ।
लगानीकर्ताले एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्टको आईपीओमा आवेदन दिन आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखाबाट आवेदन दिन सकिने छ भने मेरोसेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।