लकडाउन अवधिको घरभाडा बुझाउन नसक्नेलाई घरबाट निक्लन बाध्य नपार्नु: सर्वोच्च



काठमाडौं । सर्वोच्च अदालतले लकडाउन अवधिको घरभाडा बुझाउन नसक्नेलाई घरबाट निस्कन बाध्य नबनाउन भनेको छ । कसैलाई घरबाट निस्कन बाध्न नपार्न र दुर्व्यवहार नगर्न समेत आदेशमा भनिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

ओबीसी महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो ।

लकडाउनको समयमा नाई संघ अन्तर्गतका श्रमिकले काम नगरेकाले भाडा तिर्न नसक्ने भन्दै छुटको माग सहित ठाकुरले गत असार २१ गते रिट दर्ता गरेका थिए ।

ठाकुरले दर्ता गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाडौं समेत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश १ विराटनगर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश २ जनकपुर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय वागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकी प्रदेश पोखरा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश ५ वुटवल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय कर्णाली प्रदेश विरेन्द्रनगर र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सुदुर पशचिम प्रदेश धनगढी कैलालीलाई विपक्षी बनाइएको छ ।


क्लिकमान्डु