डीडीएबाट ५० हजार डलरमात्रको सामान आयात गर्न सकिने



काठमाडौं । आयातकर्ताले डीडीए मार्फत ५० हजार अमेरिकी डलरसम्मको सामान आयात गर्न सक्ने भएका छन् ।

यस अघि यस्तो प्रकारका आयातमा सीमा तोकिएको थिएन ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा थप व्यवस्था गर्दै तेस्रो मुलुकबाट विदेशी मुद्रमा गरिने आयातको अधिकतम सीमा लगाएको हो ।

जसअनुसार अब एक पटकमा अधिकतम अमेरिकी डलर ५० हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्र आयात गर्न व्यवसायीले पाउनेछन् । साथै भारत बाहेक तेस्रो मुलुकबाट परिवत्य विदेशी मुद्रा भुक्तानी ड्राफ्ट÷टिटि को आयातको लागि सटही सुविधा ५ हजार डलरलाई बढेर ३५ हजार अमेरिकी डलर तोकिएको छ ।

यसैगरी, राष्ट्र बैंकले परिवत्र्य विदेशी मुद्रा भुक्तानी हुने गरी प्रतीतपत्रमार्फत् भारतबाट आयात गर्न पाइने मालसामानहरू ३ वटा थप गरेको छ । साथै भुटानबाट सामान आयात गर्दा भारतिय मुद्रामा नै आयात गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले अन्तराष्ट्रिय व्यापारीक मेलामा नेपाली वस्तु बिक्री गरे वापत ५ हजार अमेरिकी डलरभन्दा बढी मुद्रा भित्र्याउन भन्सार लगाउने भएको छ ।


क्लिकमान्डु