काठमाडौं उपत्यकामा कोरोनाको जोखिम, अहिलेसम्मकै बढी ४१ जना एकैदिन थपिए



काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिममा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत उपत्यकामा ४१ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा काठमाडौं जिल्लामा ४८, ललितपुरका ४ र र भक्तपुरका १ जना संक्रमित थपिएका छन् । योसँगै देशभर थपिएका संक्रमितको संख्या ३११ पुगेको छ ।

नेपालमा भने संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । एकजनाको मृत्यु भएको छ । कोरोनाको कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।


क्लिकमान्डु